पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै ऊर्जा मन्त्री घिसिङले भने – मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण
काठमाण्डौ - उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । बुधवार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन् । उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ रु प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए। उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि…