काठमाडौँ –
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईजना सचिवको सरुवा गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरूबीच फेरबदल गरेको हो ।
बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्दै त्यहाँका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको छ ।
श्रम मन्त्रालयमा साढे पाँच महिना बसेर माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका छन् । त्यस्तै, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए ।