एजेन्सी –
अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुनस् जाँच गर्ने भएको छ।
अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन दिएका हुन्।
यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी गरिएको ह्वाइट हाउसको घोषणालाई उद्धृत गरेको बीबीसीले जनाएको छ।
सूची सहित
-अफगानिस्तान
-क्युबा
-हैटी
-इरान
-सोमालिया
-भेनेजुएला
-बर्मा
-चाड
-कङ्गो गणराज्य
-इक्वेटोरियल गिनी
-इरिट्रिया
*लिबिया
-सुडान
-यमन
-बुरुन्डी
-लाओस
-सियरा लियोन
-तुर्कमेनिस्तान
-टोगो
बुधबार वासिङ्ट डीसीस्थित ह्वाइट हाउस भवननजिकै दुईजना नेसनल गार्डमाथि गोली चलाएको आरोपमा एक अफगानी नागरिक पक्राउ परेपछि ट्रम्प प्रशासनले उक्त घोषणा गरेको हो। एक नेसनल गार्डको मृत्युसमेत भइसकेको छ।
गोली हानेको आरोपमा अफगानी नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ।
उनी अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत २०२१ मा अमेरिका पुगेका थिए।