आज मितिः २०८३ आश्विन ७ गते

ताजा अपडेट

उदय मानन्धरको “उदाश” सार्वजनिक

उदय मानन्धरको “उदाश” सार्वजनिक

२६ मंसिर, रत्ननगर । चितवनमा रहेर विगत ३ दशक देखि सांगीतिक क्षेत्रमा योगदान प्रदान गरिरहेका गायक तथा संगीतकार उदय मानन्धरको नया सांगीतिक कोशेली "उदाश" सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा रामु आचार्य, प्रिया अधिकारी, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् । अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त…
Read More
हेटौँडामा बखानमाथि बहस

हेटौँडामा बखानमाथि बहस

हेटौँडा– साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति बखानमाथि हेटौँडामा परिचर्चा भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो । अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताए । कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले बताए । बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै…
Read More
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीको उमेदवारी

चितवन- चितवनको रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीले उमेदवारी दिने भएका छन् ।   रत्ननगर १२ का शुसील तिवारी सामाजिक क्षेत्रमा चिरपरिचित छन् । चितवन पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अन्य राजनीति दलका युवाहरुले पनि उमेदवारी दिने भएका छन्।   उनि उक्त सामुदायिक वन उपभोक्ता समूहको गतिविधीमा कृयाशिल रहदैं आएका व्यक्ति हुन्।         तिवारी सामुदायिक वनमा वृक्षारोपण कार्यमा कृयाशिल भएको , वन पैदावार तस्कर रोक्न क्लव मार्फत गस्ती गर्दै आएका छन्।   वन अनि वन्यजन्तुको महत्व आफूले राम्रोसंग बुझेको तिवारीले बताए। हरेक प्राकृतिक सम्पदाको संरक्षण र उपभोगमा सबैको समान पहुँच हुनु पर्ने…
Read More
कुखुरामा एनेमिया भाइरस देखियो

कुखुरामा एनेमिया भाइरस देखियो

चितवन- चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ। कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो।     राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो। जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो। अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उनले बताए। चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो।   यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ। जसले गर्दा अन्य रोगहरुले कुखुरामा…
Read More
सुनचाँदीको मूल्यमा केही कमी

सुनचाँदीको मूल्यमा केही कमी

काठमाडौं- गत साताको तुलनामा यो हप्ता सुनचाँदीको मूल्यमा केही कमी आएको छ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ।   शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो।   अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Read More
काठमाडौंका सीडीओले तीनदिन लगाएर दिए बयान 

काठमाडौंका सीडीओले तीनदिन लगाएर दिए बयान 

काठमाडौं - जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग तीन दिन लगाएर बयान लिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार भदौ २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगको कार्यालय सिंहदरबारमै बोलाएर रिजालसँग तीन दिनसम्म बयान लिइएको थियो ।रिजाल त्यसबेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।   रिजाल नै सबै घटनाका साक्षी रहेको र गोली चलाउने आदेश पनि उनैले दिएको हुनाले बयान लामो भएको एक अधिकारीले जानकारी दिए । “हामीले तयार पारेका प्रश्नहरु पनि बढी थिए,” स्रोतले भन्यो, “पहिलो दिनमा उहाँले सबै प्रश्न पढेर जानुभयो, दोस्रो र तेस्रो दिनमा आएर जवाफ दिनुभयो ।”  …
Read More
मधेस प्रदेशको मुख्यमन्त्री बने कांग्रेसका कृष्ण यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्री बने कांग्रेसका कृष्ण यादव नियुक्त

जनकपुर - मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन्। ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।   गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।   यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ। सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेको छन्।
Read More
मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजनाका समीक्षा कार्यक्रम सम्पन्न

मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजनाका समीक्षा कार्यक्रम सम्पन्न

चितवन - मेड नेपालद्वारा भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ।   मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजना सल्लाहकार समितिको बैठकमा लुथरन वर्ल्ड फेडेरेसन (LWF) को सहयोगमा २०८१/८२ मा कार्यान्वित  Transboundary Flood Resilience Project in South Asia अन्तर्गत भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।   भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा, मेड नेपालका कार्यकारी निर्देशक शैलेष कुमार आचार्यले परियोजनाअन्तर्गत सम्पन्न कार्यक्रमहरूको प्रस्तुति गर्नुभएको थियो।   कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आफ्नो धारणा व्यक्त गर्दै, मेड नेपालले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन क्षेत्रमा गरेको…
Read More
एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स 

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स 

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।   छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।
Read More
सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

चितवन - चितवन सौराहास्थित एक होटेलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।   गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।   सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।   शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.