आज मितिः २०८३ बैशाख ५ गते

काठमाडौंका सीडीओले तीनदिन लगाएर दिए बयान 

काठमाडौं –

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग तीन दिन लगाएर बयान लिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार भदौ २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगको कार्यालय सिंहदरबारमै बोलाएर रिजालसँग तीन दिनसम्म बयान लिइएको थियो ।रिजाल त्यसबेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

 

रिजाल नै सबै घटनाका साक्षी रहेको र गोली चलाउने आदेश पनि उनैले दिएको हुनाले बयान लामो भएको एक अधिकारीले जानकारी दिए । “हामीले तयार पारेका प्रश्नहरु पनि बढी थिए,” स्रोतले भन्यो, “पहिलो दिनमा उहाँले सबै प्रश्न पढेर जानुभयो, दोस्रो र तेस्रो दिनमा आएर जवाफ दिनुभयो ।”

 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजालबाहेक अब नेपाल प्रहरीका तत्कालीन प्रमुख आईजीपी चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी बल प्रमुख आईजीपी राजु अर्याललाईसमेत बयानका लागि बोलाउने तयारी गरेको छ ।

 

“उनीहरुसँगको बयानपछि हामीले तत्कालीन गृहसचिवलाई बोलाउछौँ, त्यसपछि तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई,” आयोग स्रोतले भन्यो । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए ।

आयोगको म्याद पुसको ९ गतेसम्म रहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.