आज मितिः २०८३ बैशाख ९ गते

मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजनाका समीक्षा कार्यक्रम सम्पन्न

चितवन –

मेड नेपालद्वारा भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ।

 

मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजना सल्लाहकार समितिको बैठकमा लुथरन वर्ल्ड फेडेरेसन (LWF) को सहयोगमा २०८१/८२ मा कार्यान्वित  Transboundary Flood Resilience Project in South Asia अन्तर्गत भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

 

भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा, मेड नेपालका कार्यकारी निर्देशक शैलेष कुमार आचार्यले परियोजनाअन्तर्गत सम्पन्न कार्यक्रमहरूको प्रस्तुति गर्नुभएको थियो।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आफ्नो धारणा व्यक्त गर्दै, मेड नेपालले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन क्षेत्रमा गरेको कामप्रति प्रशंसा व्यक्त गर्नुभयो। साथै, ल्याइएको प्रभावकारी पहललाई निरन्तरता दिन महानगरपालिकाले आवश्यक सहयोग प्रदान गर्ने आश्वासन समेत दिनुभयो।

 

भरतपुर महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले मेड नेपालले गर्दै आएको कार्यलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्दै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन महानगरपालिका पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर महानगरको विपद् महाशाखा, महिला तथा बालबालिका शाखाका प्रमुखहरू, अन्य विषयगत शाखा प्रमुखहरू तथा मेड नेपालका सचिव ओमकार राज पाँडेको उपस्थिती रहेको थियो।

 

कार्यक्रमको सञ्चाल महानगरको तर्फबाट पञ्च माया तामाङले गर्नुभएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.