आज मितिः २०८३ बैशाख ६ गते

सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

चितवन –

चितवन सौराहास्थित एक होटेलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

 

गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

 

सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

 

शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.