सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने तयारी गरेको भन्दै सेवा नेपालको विरोध
चितवन- सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुनको मस्यौदा तयार गरेको भन्दै त्यसकोे विरोध भएको छ । सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल)ले रत्ननगरमा एक कार्यक्रमविच विरोध गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सेवा नेपालले आपत्ति जनाएको हो । सोमबार प्रेस विज्ञप्ती जारी गरी सेवा नेपालले वहुविवहा सम्बन्धी कानुनले महिला थप हिंसामा पर्ने र त्यसले समाजमा विखण्डन ल्याउने जनाएको छ । मुलुकी अपराध संहिताले २०७५ भदौ १ गते देखि पूर्ण रुपमा उन्मुलन गरेको वहुविवाह सम्बन्धी कानुनी प्रावधानलाई कानुन न्याय तथा…