आज मितिः २०८३ बैशाख ५ गते

उपचारका लागि हङकङ रहेका पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी

काठमाडौं-

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। हाल उपचारका लागि हङकङमा रहेका उनीहरूमाथि सम्पत्तिको स्रोतबारे छानबिन अघि बढाइएको हो।

जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि ठुलो रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र संकलन प्रक्रियाबारे प्रश्न उठेपछि केही समयदेखि छानबिनको माग बढ्दै आएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.