आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

सुनचाँदीको मूल्यमा केही कमी

सुनचाँदीको मूल्यमा केही कमी

काठमाडौं- गत साताको तुलनामा यो हप्ता सुनचाँदीको मूल्यमा केही कमी आएको छ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ।   शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो।   अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Read More
काठमाडौंका सीडीओले तीनदिन लगाएर दिए बयान 

काठमाडौंका सीडीओले तीनदिन लगाएर दिए बयान 

काठमाडौं - जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग तीन दिन लगाएर बयान लिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार भदौ २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगको कार्यालय सिंहदरबारमै बोलाएर रिजालसँग तीन दिनसम्म बयान लिइएको थियो ।रिजाल त्यसबेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।   रिजाल नै सबै घटनाका साक्षी रहेको र गोली चलाउने आदेश पनि उनैले दिएको हुनाले बयान लामो भएको एक अधिकारीले जानकारी दिए । “हामीले तयार पारेका प्रश्नहरु पनि बढी थिए,” स्रोतले भन्यो, “पहिलो दिनमा उहाँले सबै प्रश्न पढेर जानुभयो, दोस्रो र तेस्रो दिनमा आएर जवाफ दिनुभयो ।”  …
Read More
मधेस प्रदेशको मुख्यमन्त्री बने कांग्रेसका कृष्ण यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्री बने कांग्रेसका कृष्ण यादव नियुक्त

जनकपुर - मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन्। ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।   गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।   यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ। सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेको छन्।
Read More
मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजनाका समीक्षा कार्यक्रम सम्पन्न

मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजनाका समीक्षा कार्यक्रम सम्पन्न

चितवन - मेड नेपालद्वारा भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ।   मेड नेपाल संस्थाले भरतपुर महानगरपालिका परियोजना सल्लाहकार समितिको बैठकमा लुथरन वर्ल्ड फेडेरेसन (LWF) को सहयोगमा २०८१/८२ मा कार्यान्वित  Transboundary Flood Resilience Project in South Asia अन्तर्गत भरतपुर महानगरमा सञ्चालित गतिविधिहरू सम्बन्धी जानकारी तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।   भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा, मेड नेपालका कार्यकारी निर्देशक शैलेष कुमार आचार्यले परियोजनाअन्तर्गत सम्पन्न कार्यक्रमहरूको प्रस्तुति गर्नुभएको थियो।   कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आफ्नो धारणा व्यक्त गर्दै, मेड नेपालले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन क्षेत्रमा गरेको…
Read More
एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स 

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स 

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।   छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।
Read More
सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

चितवन - चितवन सौराहास्थित एक होटेलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।   गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।   सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।   शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Read More
पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै ऊर्जा मन्त्री घिसिङले भने – मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण 

पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै ऊर्जा मन्त्री घिसिङले भने – मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण 

काठमाण्डौ -   उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । बुधवार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन् ।   उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ रु प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए। उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि…
Read More
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि

काठमाडौं-   आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदै छ। आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो।     निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन्।   मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ। आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २०…
Read More
मन्त्री परिषद बैठकबाट सचिवमा फेरबदल , पर्यटनमा निरौला

मन्त्री परिषद बैठकबाट सचिवमा फेरबदल , पर्यटनमा निरौला

काठमाडौँ -   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईजना सचिवको सरुवा गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरूबीच फेरबदल गरेको हो ।       बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्दै त्यहाँका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको छ ।   श्रम मन्त्रालयमा साढे पाँच महिना बसेर माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका छन् । त्यस्तै, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पर्यटन मन्त्रालयमा…
Read More
गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

चितवन - गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना भएको छ ।   गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।   आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस गोरखा बाह्रकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   बस रोकेर चालक अन्यत्र गएको बेला दुर्घटना भएको हो । बस १० मिटर तल खसी पल्टेको थियो ।   दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.