आज मितिः २०८३ श्रावण ३ गते

फिफा विश्वकप २०२६ को खेलमा इङ्गल्याण्डले तेस्रो स्थानमा

काठमाण्डौ –

फिफा विश्वकप २०२६ को खेलमा इङ्गल्याण्डले तेस्रो स्थान हात पारेको छ । अत्यन्तै रोमाञ्चक भएको खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

 

इङ्गल्याण्डका स्ट्राइकर बुकायो साकाले खेलको ३७ औं, ४५ औं र ८७ औं ९पेनाल्टी० मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए भने १८ औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौँ मिनेटमा जुड बेलिङघंमले गोल थप्दै इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित निकालेका हुन् ।

 

अर्कोतर्फ, पहिलो हाफमा ४–० को विशाल गोल अन्तरले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.