आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालनमा निरन्तरता 

हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालनमा निरन्तरता 

काठमाण्डौ - ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । यही पुस महिनामा मात्र संस्थाले तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।       स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।   केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको थियो ।   पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
Read More
नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ 

नजिकिँदै रत्ननगर महोत्सव : परिसरमै बन्यो जनजातीको सुन्दर गाउँ 

रत्ननगर - पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचारमा पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोसत्सवको १३औं संस्करणमा जनजाती समुदायको सुन्दर गाउँ निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव परिसरमा विभिन्न नौं वटा जनजातीको परम्परागत घर र उनीहरुले प्रयोग गर्ने सामग्रीहरु राखिएको छ । महोत्सव परिसरमा विभिन्न जातजातीको परम्परागत घरहरुलाई सुन्दर र आर्कषक तरिकाले निर्माण गरिएको संस्कृतिक प्रर्वद्धन समितिका संयोजक सन्तोष लामाले बताए । महोत्सव अबलोकन गर्न आउनेले थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल लगायतका जनजातीको घर हेर्न तथा जनजातीको परम्परागत संस्कृतिको थाहापाउन सक्ने लामाले बताए । महोत्सवको प्रमुख आर्कषणको रुपमा…
Read More
धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ- यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो।   हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो।   पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ। यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
Read More
चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवन - चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो। यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ। हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ…
Read More
कविता – प्रिय फूल 

कविता – प्रिय फूल 

कविता - प्रिय फूल    तिमी वृक्षको फूल म तिम्रो फेदमा फुलेको झारको फूल फूल त फूल नै हौं। रूप , रङ्ग,बास्ना फरक भए पनि हाम्रो जरा माटो बाटै सुरु भएको हो ।     जहाँ जसरी फुले पनि , फुूलेपछि एकदिन भुइँमा झर्नैपर्छ किनकि जराको स्थान माटोमा हुन्छ।     तिमी पनि झर्छौ म त भुइँ फूल भुइँमा नै छु तर तिमी झर्दा तिम्रो ठूलो थुङ्गाले मेरो पुरै बस्ती छोपिन्छ तिम्रो ठूलो आकार छ अरुले पनि हेर्छन् या देखेर हेर्छन् अरुले जस्तै म पनि तिमीलाई हेर्न खोज्छु अफसोस हेर्न सक्दिनँ।     तिमीले छोप्छौ , किच्छौ। लह लह भएर…
Read More
आज  पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत सुरु 

आज  पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत सुरु 

काठमाडौँ- आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ । एकाबिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।         एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८…
Read More
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने -भरतपुर मुलुकको केन्द्रीय सहर हो

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने -भरतपुर मुलुकको केन्द्रीय सहर हो

चितवन - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन्।     ‘सुनौलो नेपाल’ले शुक्रवार आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए।   ुजसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ,ु उनले भने। उनले भारतको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गरे।   भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण…
Read More
नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ।     आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो।   पुस २६(२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो।   यस्तै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकले केन्द्रीय समितिको म्याद विधान अनुसार…
Read More
नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान

युएई- नेपाली युवा रिजवान आलमले युएईमा रहेर कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिए पछि उनको चर्चा अरब राष्ट्रहरुदेखि अन्य विभिन्न मुलुकले प्रसंशा गरेका छन । आलमले युएईमा उच्चपद र ओहदामा रहेका तथा राजपरिवारका व्यक्तिहरुसँग नेपाल र नेपालीहरुको लागि सकारात्मक भूमिकामा रहेर कार्य गर्दै आएकोले पनि उनको प्रशंसा अन्तराष्टिय रुपमा चिनिएको हो । उनले जुलाई २०२५ मा नेपालमा जलविद्युत् परियोजनासम्बन्धी एक महत्वपूर्ण प्रत्यक्ष वैदेशिक लगानी (FDI) सम्झौता सफलतापूर्वक सम्पन्न गरेर नेपालको दीर्घकालीन ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। अरब संसदका अध्यक्षसँग ऐतिहासिक तथा व्यापारिक साझेदारी गर्दै प्रत्यक्ष स्थापना उपलब्धि हुनु कुनै पनि नेपाली नागरिकका लागि अत्यन्तै दुर्लभ मानिन्छ। यस उपलब्धिले नेपालको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.