आज मितिः २०८३ भाद्र २९ गते

विदेश

हर्मुज जलमार्ग खुलाउन इरान र ओमानबीच वार्ता

हर्मुज जलमार्ग खुलाउन इरान र ओमानबीच वार्ता

काठमाण्डौं- इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा वार्ता भईरहेको छ । ओमानको विदेश मन्त्रालयका अनुसार जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती सर्तमध्ये मुख्य रुपमा अघि सारेको छ । इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ । इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने पनि बताएका छन् । जोल्घद्रले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने…
Read More
अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गयो

अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गयो

थाइल्यान्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गएको छ । बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नजिकै एक विद्यालयमा पुगेर ५ जना शिक्षकको हत्या गरेको रोयटर्सले जनाएको छ । गोली चलाउने आरोपी १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ । यस्तै घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको ९ एमएमको पेस्तोल किशोरका हजुरबुबाको थियो । उनका हजुरबुबा शिक्षक रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले कम्तीमा २६ राउन्ड गोली चलाएका थिए र उनीसँग थप ३४ राउन्ड गोली फेला परेको थियो । यसअघि सन् २०२२…
Read More
विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

विज्ञापन निस्कनुअघि नै एजेन्टमार्फत कामदार जम्मा गर्ने म्यानपावरको चलाखी, पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक

काठमाडौँ- वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली अनुसार वैदेशिक रोजगारीका लागि मेनपावरहरुले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्छन् र गर्नै पर्दछ ।एजेन्टमार्फत कामदार जम्मा गर्दै म्यानपावरको चलाखी पत्रिकाभरी विज्ञापन दिएर भन्छन् कोटा प्याक भई सक्यो । म्यानपावर कम्पनीहरूले माग भएको सङ्ख्यासहित विज्ञापन मार्फत अन्तर्वार्ताको मिति, सेवा–सुविधा र रोजगारदाताको नाम स्पष्ट खुलाउनु पर्छ । जब कुनै बेरोजगार युवा पत्रिकामा छापिएको त्यही विज्ञापन हेरेर म्यानपावर कम्पनी पुग्छ वा फोन गर्छ, उसले ‘कोटा प्याक भइसक्यो’ वा ‘डिमाण्ड’ नै आएको छैन भन्ने जबाफ पाउँछ । यस्तो परिस्थिति हुनुको मुख्य कारण वैदेशिक रोजगार कम्पनीहरूले सरकारी प्रक्रिया छल्न अपनाएको व्यवस्थित सिन्डिकेटलाई मानिएको छ । नियमअनुसार विज्ञापन…
Read More
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो । अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नुभएको बीबीसीले जनाएको छ । नयाँ व्यवस्थाअनुसार विदेशी आतङ्ककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानुनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् । त्यसैगरी, गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि…
Read More
आज चन्द्रमामा ४ टन गह्रौँ रकेटको टुक्रा ठोक्किँदै

आज चन्द्रमामा ४ टन गह्रौँ रकेटको टुक्रा ठोक्किँदै

रोयटर्स- अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किने जनाएको छ। रकेटको एउटा ठूलो टुक्रा अमेरिकी समयअनुसार बुधबार बिहान २स्३५ बजे ९नेपाली समयअनुसार दिउँसो १२:२० बजे ठोक्किने जनाएको हो। वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धुलोको ठूलो मुस्लो उडाउनेछ। यसको अध्ययनले भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। टुक्राको तौल करिब ४ टन छ। यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटर (५,४०० माइल) को गतिमा ठोक्किने अनुमान छ।
Read More
भरतपुर महानगरपालिकाले एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्यायो

भरतपुर महानगरपालिकाले एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्यायो

चितवन- भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो । विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो । कुवेत, युनाइटेड अरब इमिरेट्स, कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो । प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ…
Read More
मलेसियाको सिन्डिकेटबारे व्यवसायीहरूको विरोध

मलेसियाको सिन्डिकेटबारे व्यवसायीहरूको विरोध

काठमाडौं- मलेसिया रोजगारीमा हुन लागेको सिन्डिकेटको विरोधमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य र खबरदारी सँगै अघि बढाउने बताएका छन् । वैदेशिक रोजगार व्यवसायका विभिन्न घटक संस्थाहरूले मलेसिया रोजगारीमा हुन लागेको सिन्डिकेटको विरोध गरेका हुन् । हाल १ हजार १ सय १७ म्यानपावर कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमध्ये मलेसियाले आफ्नो मुलुकमा कामदार लैजान मुख्य २५ र उनीहरू मातहत रहने गरी थप २ सय ५० म्यानपावर कम्पनी छनोटको गृहकार्य गरिरहेको सार्वजनिक भएको थियो । त्यसलगत्तै व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले छुट्टाछुट्टै विज्ञप्तिमार्फत मलेसिया रोजगारीमा सिन्डिकेट सफल नहुने र आम व्यवसायीबाट…
Read More
आप्रवासी प्रवेश गरेको भन्दै ईयूले बोलायो आपतकालीन बैठक

आप्रवासी प्रवेश गरेको भन्दै ईयूले बोलायो आपतकालीन बैठक

एजेन्सी- मोरक्कोबाट स्पेनमा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली सङ्घ ९ईयू० ले आपतकालीन बैठक बोलाएको छ । मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको भन्दै सङ्घले आपतकालीन बैठक आव्हान गरेको हो । युरोपेली संघले सेउटामा देखिएको आप्रवासी सङ्कटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ । मोरक्कोबाट झण्डै ६० हजार आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि, २२ सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन् । यता स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन् ।
Read More
यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था गरेको छ। महावाणिज्यदूतावासले बुधबार सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण भइसकेपछि भर्ना प्रक्रियामा रहेका श्रमिकले श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा प्रमाणीकरण गराउँदा सम्बन्धित कम्पनीले तोकिएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अब आवेदन फाराम, भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर भएको भिसाको प्रति, वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति पत्र, स्वीकृत मागपत्र र पावर अफ अटर्नी, एफईआईएमएस प्रणालीबाट म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीका अधिकारप्राप्त व्यक्तिको परिचयपत्र वा अख्तियारीपत्र पेश…
Read More
कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाण्डौ - कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय १२ जना र एक जना पाकिस्तानीले ज्यान गुमाएका बीबीसीले जनाएको छ । ६६ जना घाइते भएका छन् । त्यस क्षेत्रमा आइतबार राति विष्फोट हुँदा आगलागी भएको थियो । रासलफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घानालगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन् । केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण खुल्न सकेको छैन । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनुभएको छ । दुर्घटनाको कारण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.