आज मितिः २०८३ असार ४ गते

समाचार

शनिबारसम्म भारी वर्षाको सम्भावना

शनिबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौं- तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ। त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ। दुई दिनअघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।    
Read More
चितवनको सौराहामा खानेपानी महासंघको राष्ट्रिय भेला हुने

चितवनको सौराहामा खानेपानी महासंघको राष्ट्रिय भेला हुने

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा यही भदौ १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने भएको छ । खानेपानी उपभोक्ता संस्थाले आर्जन गरेको मुनाफामा २५ प्रतिशत आयकर लगाउने सरकारी निर्णय र पानी वितरणमा देखिएको समस्याको बारेमा निर्णय गर्न भेलाको आयोजना गरिएको हो । सरकारका मन्त्री, सांसद, स्थानीय सरकारका प्रमुखहरुलाई भेला गरी खानेपानी संस्थाहरुले पानी वितरणमा भोग्दै आएको जटिलता दर्साउदै निर्णय फिर्ताको लागि सरकारलाई दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको खानेपानी महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । भेलाले सौराहा घोषणापत्र जारी गर्दै निणर्य फिर्ताको लागि दवाद दिने छ । मंगलबार रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा जिल्ला भित्रका खानेपानी संस्थाका…
Read More
पाँच प्रदेशमा परिरहेको छ पानी, बागमतीले पार गर्‍यो सतर्कता

पाँच प्रदेशमा परिरहेको छ पानी, बागमतीले पार गर्‍यो सतर्कता

काठमाडौं-   जल तथा मौसम विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा ६ घन्टामा ९०।२ मिलिमिटर वर्षा भएको छ। भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ। अहिले काठमाडौं लगायत देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बारा, पर्सा, स्याङ्जा, पर्वतमा चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। काठमाडौंको बागमती नदी गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको…
Read More
दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

हुम्ला- सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ। सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेशको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए।  
Read More
म्याग्दीमा दाइले गरे बहिनीको हत्या

म्याग्दीमा दाइले गरे बहिनीको हत्या

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ। डाँडागाउँको गलकोटमा आइतबार राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको छ। घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ। मृतकको टाउकोमा चोट लागेको छ। नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
आज जनैपूर्णिमा मठमन्दिरमा भक्तजनको भीड

आज जनैपूर्णिमा मठमन्दिरमा भक्तजनको भीड

काठमाडौं-   प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा  पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र  डोरो बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको…
Read More
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बन्द

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बन्द

बागलुङ -   भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ मा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।   लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ । रासस
Read More
भ्याली स्टेट कलेजले बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन गर्ने

भ्याली स्टेट कलेजले बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन गर्ने

चितवन   पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। विगत १२ वर्षदेखि बि।बि।ए कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमा नै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट को अध्यापन सुरु गर्न लागेको हो। कलेजका प्राचार्य बाबुराम खनालको अनुसार बि।एच।सी।एमअध्ययन पश्चात्विद्यार्थीहरूले अस्पतालको व्यवस्थापन,स्वास्थ्य एवं संघ-संस्थाहरूको व्यवस्थापन लगायतका जिम्मेवारी अत्यन्तैकुशलतापूर्वक गर्न सक्ने र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्नेछन्। त्यसैगरी भ्याली स्टेट कलेजले विश्वमै प्रतिष्ठित एम।बि।ए९ःद्यब्०कार्यक्रमलाई पनि एक्काइसौँशताब्दीको मागअनुसार शैक्षिक संस्था र उद्योग व्यवसायलाई जोडेर अत्यन्तै व्यवहारिक तथा प्रयोगात्मक तरिकाले सञ्चालन गर्ने एम।बि।ए कार्यक्रम निर्देशक सुजन कार्कीले…
Read More
सोमबार रातिसम्म मध्यम वर्षाको सम्भावना

सोमबार रातिसम्म मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आईतबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
Read More
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं-   नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो। आज एकै दिन सुन तोलामा ३ हजार बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो। पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाइ छ। यसले गर्दा विश्व बजारमै सुनको माग बढिरहेको अनुमान छ। यस्तै,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.