आज मितिः २०८३ बैशाख ६ गते

सडकबाट उद्धार, अस्पतालमा मृत्यु 

चितवन –

चितवनको भरतपुर महानगरपालिका वडा नं–३, बेल चोकस्थित सडकमा बिरामी अवस्थामा उद्धार गरी अस्पताल लगिएका एक बेवारिसे वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

 

उनी मागी खाई हिँड्ने, स्थानीयले लामा भन्ने गरेका नामथर वतन नखुलेका अन्दाजी ७५ वर्षीय वृद्ध बिरामी अवस्थामा बेल चोकस्थित सडकको पेटीमा सुतिरहेको जानकारी प्राप्त भएपछि प्रहरीले उद्धार गरी भरतपुर अस्पतालमा लगेको थियो ।

 

निज वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.