आज मितिः २०८३ बैशाख ६ गते

रवि लामिछानेलाई रातारात कास्की पुर्याउनु अमानवीय कार्य- डा. कोइराला

चितवन –

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट कास्की पुर्याउनु अमानवीयता भएको बताएका छन् ।

 

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएकोमा उनले यसो बताएका हुन्।

 

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले भने, ‘रवि लामिछानेलाई मात्रै होइन, कुनै पनि व्यक्तिमाथि त्यस्तो किमिको हर्कत देखाउनु भनेको मानवअधिकारको उल्लङ्घन हो। कुनै पनि व्यक्तिमाथि त्यो तहसम्मको गलत काम गर्नु हुँदैन।’

 

लोकतान्त्रिक देशमा सुरक्षा दिन गाह्रो भो भनेर राति १२ बजे उठाएर लैजानु गलत भएको उनको भनाइ छ। ‘अदालतले आफ्नो काम गरिरहेको छ। त्यसमा मलाई केही भन्नु छैन। तर, बयानको लागि प्रहरीमा ल्याइएका एक जना व्यक्तिलाई राति १२ बजे उठाएर लैजानु मानवअधिकारको उल्लङ्घन मात्रै होइन, अमानवीय व्यवहार हो,’ डा कोइरालाले भने, ‘लोकतान्त्रिक देशमा त्यस्तो हुँदैन। सुरक्षा दिन गाह्रो भो भनेर उम्किन पाइँदैन।’

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.