पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा
भरतपुर- पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो। गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए। यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा ९जिन्दगानी घाट०बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी…