आज मितिः २०८३ बैशाख ५ गते

डिजिटल युगका लागि १५ दिने आइटी प्रशिक्षण तालिम

चितवन-

चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजनामा १५ दिने आईटी सम्बन्धि तालिम सुरु गरिएको छ ।

कम्प्युटर आईटी सम्बन्धि  लिइएको परिक्षामा  एक जना उत्कृष्ट सहित २५ जना  प्रशिक्षार्थी र छ जना वैकल्पिकमा नाम निकालेका छन् ।

अध्यक्ष लेखराज पन्त ( हरी) को अध्यक्षतामा  प्रमुख अतिथि पूर्व समाजिक मन्त्री  विजयी सुवेदिले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । नौरङ्गे टोलका अध्यक्ष सन्तोष पन्तले सञ्चालन गर्नु् भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य वडाका सदस्य जमुना ढुङ्गानाले राख्नु भएको थियो भने शुभकामना मन्तब्य  वडा नं १२ का काँग्रेस सचिव बालकृष्ण शर्माले राख्नु भएको थियो।

मन्तब्यमा काँग्रेसका सचिव बालकृष्ण शर्माले तालिम पश्यात उत्कृष्ट परिणाम ल्याउने प्रशिक्षार्थीलाइ ल्यापटपको व्यवस्था गरिदिन वडामा आग्रह गर्नु भयो । मन्तब्यको क्रममा पूर्व सामाजिक  विकास मन्त्री कार्यक्रमका प्रमुख अतिथि विजय सुवेदीले वडामा परेको बजेटले कम्तीमा ५० जना सम्मलाइ पनि तालिम दिन सकिएको खण्डमा राम्रो परिणाम आउने , युवाहरु विदेशै नगइ नेपालमै बसेर राम्रो आम्दानी गर्न सक्ने साथै वडा डिजिटल साक्षरता बन्ने मान्यता राख्नु भयो । पहिला जग्गा हुने लाई धनी भनिन्थ्यो भने अहिले ज्ञान सिप र क्षमता हुने नै धनि मानिने कुरामा जोड दिनु भयो ।

प्रशिक्षक ड्रिम कलेजका प्रिन्सीपल रवि तिवारी र डिभसाइन टेक्नोलोजि आ.टी कम्पनी का दिपेन्द्र सुनुवारले तालिम तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भयो । तालिमबाट प्राप्त गरेको ज्ञानलाइ घरमै थन्काएर नराख्न पनि प्रशिक्षक दिपेन्द्र सुनुवारले आग्रह गर्नु भयो ।

वडा अध्यक्ष लेखराज पन्तले १२ नं वडा बाट करिव ३००० घर धुरीको डाटा संकलन गरिसकेको र वडालाइ पेपर लेस बनाउने तर्फ लाग्ने कुरामा जोड दिनु भयो । तालिम लिने क्रममा अत्यन्तै नाजुक अवश्थामा रहेका प्रशिक्षार्थी आफुसँग ल्याप्टप नभएको खण्डमा  तालिम अवधिभर ल्यापटपको व्यवस्था मिलाइदिने तर्क राख्नु भयो । आफुले सिकेको  ज्ञान सीप सिकेर आय आर्जन गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.