आज मितिः २०८३ असार २ गते

दुबईमा अलपत्र युवाहरुलाई २ महिनादेखि मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले गर्यो खानबस्नको व्यबस्था, पीडितहरुले भने – यहाँ अरु कुनै संघसंस्थाले सहयोग गरेन

दुबई –

मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले युएइको विभिन्न क्षत्रहरूमा अलपत्र परेका सात युवाहरुलाई खनबस्नको व्यबस्था गरेको छ ।  फरक फरक मेनपावरबाट यहाको एक कन्स्ट्रक्सन कम्पनीले युवाहरुलाई तलब नदिने अभद्र व्यवहार गरेपछि उनीहरू कंपनी छोड्न बाध्य भएका थिए ।

विभिन्न सामाजिक सञ्जाल मार्फत मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले सहयोग गरि नेपाल पठाएको उनीहरुले देखेकोले दुई महिना पहिले संपर्क गरी उद्धार गरिदिन अनुरोध गरेको उनीहरुले बताए ।

बझाङका रोहित खड्का अलजारा मेनपावरबाट यहाको एक कन्स्ट्रक्सनमा १० घण्टा काम १००० प्लस तलब भनेर आएका र काम गर्दै जाँदा तलब भनेको जति हुन्छ भन्दा भन्दै ६/७ महिना बितिसक्दा पनि नदिएको उल्टै धम्की दिने गरेपछि बाध्य बनाएकोले कंपनी छोडेर नेपाली राजदुतावास पुगेको बताए । तर दूतावासका एक कर्मचारीले यहाको कम्पनीको नाम दिएको तर यो कम्पनीलाई हामीले केही गर्न नसकिने जवाफ दिए पछि उनी निरास भएर फर्केको बताए । त्यस्तै एन आरएनएलाई सहयोग माग्दा सहयोग नपाएको गुनासो पोखे उनले ।

महोत्तरीका रञ्जित साहनी बिरामी परे पछि मेडिकल जान्छु भन्दा पनि कम्पनीले उल्टो थर्काएको बताए । बेसिक २०० र ६०० भनी आएको तर कम्पनीले उल्टो पिट्ने धम्क्याउने गरेपछि हामी बाहिर सडकमा आइयो अनि यो टिमलाई सहयोग मागे पछि उहाँहरुले उद्धार गरी खानबस्नको ब्यबस्था गर्दिनु भएको छ अब अरु सबैले सहयोग गरी छिट्टो घर जान पाए हुन्थ्यो उनले अनुरोध गरे ।

हेटौडाका यादव कार्की एच आर सोलुसनबाट सोही कम्पनीमा आएका हुन् उनलाई पनि अरूको जस्तै यातना दिए पछि कंपनी छोडेर हिँडेका हुन ।

दाङका मेघ बहादुर मगर, बर्दिवासका रमेश महतो,सिन्धुलीका रामजी लगायतको टोली यतिबेला मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले २ महिनासम्म खान बस्न दिएर राखेकोमा अब अरु संघसंस्थाले पनि सहयोग गरिदिए हामी छिट्टै घर जान पाए घर परिवार खुशी हुन्थे भन्दै अनुरोध गरिरहेका छन् ।

यता जतिपनि नेपालीहरु नेपालबाट आउँदा बुझेर दलालहरुको फन्दामा नपरी आउन मिष्टर गुरुङले सुझाव दिए । आफू के कामको लागि कुन कम्पनीमा आएको सम्झौता राम्रोसँग हेरेर मात्र आउन उनको आग्रह छ ।

हाल दैनिक जसो टिमलाई उद्धार गर्नको लागि फोन आउने गरेको गुरुङले बताए । पीडित बनाउने मेनपावर देखि यहाको दलालसम्मलाई टीमले चेतावनी दिँदै आएको छ ।

त्यस्तै पिडितहरुलाई नेपालको एअरपोर्टबाट पनि घरसम्म पुग्न सहयोग गर्दै आएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.