आज मितिः २०८३ असार ५ गते

समाचार

पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुँदै

पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुँदै

काठमाडौं- नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न अहिले निर्वाचन हुँदैछ। बिहान ९:०० देखि अपराह्न ४:० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।     केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।   यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।   आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ…
Read More
चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं - आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९।१ प्रतिशतले बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।   वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।
Read More
काठमाडौँ उपत्यकामा चिसो बढ्दै, मौसम भने सफा

काठमाडौँ उपत्यकामा चिसो बढ्दै, मौसम भने सफा

काठमाडौं- काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ। आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ। जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज…
Read More
ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव

ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव

जनकपुर-   धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डिएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डिएपी मल खपत भइसकेको छ।     दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।   पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए।   हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार…
Read More
सडकबाट उद्धार, अस्पतालमा मृत्यु 

सडकबाट उद्धार, अस्पतालमा मृत्यु 

चितवन - चितवनको भरतपुर महानगरपालिका वडा नं–३, बेल चोकस्थित सडकमा बिरामी अवस्थामा उद्धार गरी अस्पताल लगिएका एक बेवारिसे वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।   उनी मागी खाई हिँड्ने, स्थानीयले लामा भन्ने गरेका नामथर वतन नखुलेका अन्दाजी ७५ वर्षीय वृद्ध बिरामी अवस्थामा बेल चोकस्थित सडकको पेटीमा सुतिरहेको जानकारी प्राप्त भएपछि प्रहरीले उद्धार गरी भरतपुर अस्पतालमा लगेको थियो ।   निज वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
रवि लामिछानेलाई रातारात कास्की पुर्याउनु अमानवीय कार्य- डा. कोइराला

रवि लामिछानेलाई रातारात कास्की पुर्याउनु अमानवीय कार्य- डा. कोइराला

चितवन - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट कास्की पुर्याउनु अमानवीयता भएको बताएका छन् ।   सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएकोमा उनले यसो बताएका हुन्।   शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले भने, ‘रवि लामिछानेलाई मात्रै होइन, कुनै पनि व्यक्तिमाथि त्यस्तो किमिको हर्कत देखाउनु भनेको मानवअधिकारको उल्लङ्घन हो। कुनै पनि व्यक्तिमाथि त्यो तहसम्मको गलत काम गर्नु हुँदैन।’   लोकतान्त्रिक देशमा सुरक्षा दिन गाह्रो भो भनेर राति १२ बजे उठाएर लैजानु गलत भएको उनको भनाइ छ। ‘अदालतले आफ्नो काम गरिरहेको छ। त्यसमा मलाई केही भन्नु…
Read More
सोमबारसम्म उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना

सोमबारसम्म उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना

  काठमाण्डौ -   पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ।     सो प्रणालीको प्रभावका कारण २०८१ मंसिर २३ गते ९आइतबार साँझ देखि मिति २०८१ मंसिर २४ गते ९सोमबार० राति सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।   साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा…
Read More

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं - सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदीशप्रसाद यादव रहेका केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले जानकारी दिए ।   ‘पक्राउमध्ये कृष्णप्रसाद भन्ने बिहानीबहादुरले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा…
Read More
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज “श्री १०८” पद बाट विभूषित

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका संस्थापक वृजदासजी महाराज “श्री १०८” पद बाट विभूषित

२२ मंसिर, रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरका संस्थापक वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषण प्रदान गरिएको छ । भारतको जामनगर, गुजरातबाट आउनुभएका श्रीकृष्ण प्रणामी धर्म, निजानन्द साम्प्रादायका धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले वृजदासजी महाराजलाई श्री १०८ पद बाट विभूषित गर्नुभएको हो । रत्ननगर १० स्थित कृष्णमन्दिरमा आज आयोजित एक समारोहका बीच सु-स्वास्थ्यको कामना गरिएको सम्मान-पत्र सहित सो पद बाट विभूषित गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, टिकौलीका कार्यवाहक अध्यक्ष जगदीशचन्द्र बरालले जानकारी दिनुभयो । जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजले श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीले समाजमा प्रदान गरेको योगदानको प्रशंशा समेत गर्नुभएको थियो…
Read More
सूर्यदर्शन सहकारीको रकम ठगि आरोपमा एक जना पक्राउ

सूर्यदर्शन सहकारीको रकम ठगि आरोपमा एक जना पक्राउ

काठमाडौं - पोखराको सूर्यदर्शन सहकारीको रकम ठगि आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.