आज मितिः २०८३ बैशाख १२ गते

विष खाएर बेहोस भएका वडाध्यक्ष विष्टको मृत्यु

कञ्चनपुर-

कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएका वडाध्यक्षको मृत्यु भएको छ। बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर विष्टको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडाध्यक्ष विष्ट बुधबार दिउँसो बेदकोट ताल नजिक बेहोस अवस्थामा भेटिएका थिए। उपचारका लागि विष्टलाई महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो।उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ ।

वडाध्यक्ष विष्टको विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.