आज मितिः २०८३ असार ५ गते

समाचार

चितवन हात्ती महोत्सवको तयारी पुरा : भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

चितवन हात्ती महोत्सवको तयारी पुरा : भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

रत्ननगर - चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् ।   महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकालिने छ । चितवनको पर्यटन विकासका लागि सौराहामा हात्ती तथा पर्यटन महोत्सव आयोजना गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि…
Read More
भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित भरतपुर टाउन टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन धावन पार्टी प्यालेस मा सम्पन्न भएको छ । नयाँ कार्य समिति गठनमा गायत्री श्रेष्ठ अध्यक्षमा निरविरोध चयन हुनुभएको छ। अध्यक्ष श्रेष्ठ सहित ९ सदस्यीय चयन भएको  उक्त टोल विकासको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवनमा दिपक सापकोटा, सह-सचिवमा ,निरु अधिकारी कोषाध्यक्षमा अर्पणा श्रेष्ठ,  सदस्यहरुमा दिलिप श्रेष्ठ ,कमला श्रेष्ठ ,पुनम श्रेष्ठ र रिता कौडेल  चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा विमल राज कालाखेती सदस्यमा बालकृष्ण श्रेष्ठ र मिरा अधिकारी चयन हुनुभएको छ । भरतमणी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२…
Read More
हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

५ पौष, रत्ननगर । पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको…
Read More
खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

पुस ५ गते । उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बीच संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरे । खैरहनी २ स्थित लदरी खोला किनारमा सुरु भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले चितवन पर्यटनको राजधानी बन्न सक्ने बताए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक निति ,आर्थिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री पाण्डेले मेला महोत्सवमा आयातीत बस्तुको बढी बिक्री हुने गरेको तर्फ इङ्गित गर्दै स्वदेशी उत्पादनलाई…
Read More
वैदेशिक रोजगारीमा २०६५/६६ देखि हालसम्म १४ हजारभन्दा बढी नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा २०६५/६६ देखि हालसम्म १४ हजारभन्दा बढी नेपालीको मृत्यु

काठमाडौं-   पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो। नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो। बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन…
Read More
भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुरको उद्धघाटन

भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुरको उद्धघाटन

हरि आचार्य/ भरतपुर- चितवनको भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिले आफ्नो सेवा शुभारम्भ गरेको छ । ट्राभल एण्ड टुरमा लामो समय काम गरेका अनुभवी युवा व्यवसायी प्राञ्जल अधिकारीले आपफ्नो २५ औँ बसन्त पार गरेको उपलक्ष्यमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको उद्धघाटन गराएका हुन् ।   भरतपुर १० को वीरेन्द्रक्याम्पस रोड स्थित दिपेन्द्रचोकमा टिकट प्लानेट ट्राभलको वडा अध्यक्ष परमश्वर खनाल र उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गरेका थिए । आफ्नै गाँउ घरमा सहज रुपमा अन्र्तराष्ट्रिय टुर प्याकेज र जुनसुकै देशको सहज रुपमा हवाई टिकट सेवा उपलब्ध गराउन टिकट प्लानेट ट्राभलको शुभारम्भ गरेका प्रबन्ध निर्देशक…
Read More
रसायन बोकेको ट्रकले ठक्कर दिँदा पाँचको मृत्यु

रसायन बोकेको ट्रकले ठक्कर दिँदा पाँचको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।” आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो । राजस्थानका मुख्यमन्त्री…
Read More
हप्तादिन मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने

हप्तादिन मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने

चितवन-   पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसो एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ । यसैगरी…
Read More
दक्षिण कोरियासँग द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन (टिआइपीएफ)सम्झौतामा हस्ताक्षर 

दक्षिण कोरियासँग द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन (टिआइपीएफ)सम्झौतामा हस्ताक्षर 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क ९टिआइपीएफ० सम्झौतामा हस्ताक्षर भएको छ।     गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।   मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए।   उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल…
Read More
खैरहनी  महोत्सवको तयारी अन्तिम चरणमा ,भोलि रोड रेश हुँदै

खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा ,भोलि रोड रेश हुँदै

पुस ३ गते । तेस्रो खैरहनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । सो महोत्सवको तयारी करिव पूरा भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले बुधबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालका अनुसार महोत्सवको लागि परिसर निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको छ भने प्रमुख अतिथिको टुंगो लागेको छ । परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ । स्टेज आकर्षक बनाईदैछ । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएका छौं,महोत्सव संयोजक खनालले भने-…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.