आज मितिः २०८३ बैशाख १२ गते

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं-

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको तराई भेगमा मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मंगलबार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

मंगलबार राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.