आज मितिः २०८३ बैशाख १२ गते

प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही-

सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो।

धनकौल गाउँपालिकाका(६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको आयोगले जनाएको छ।

आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं। ६ का वडा अध्यक्ष श्याम बाबु साहविरुद्ध आरोपपत्र दायर गरेको हो।

तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाएर ७ लाख ७९ हजार २०५ रूपैयाँ भन्दा बढी रकम भुक्तानी लिईरदिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले दाबी गरेको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.