दुबईमा अलपत्र युवाहरुलाई २ महिनादेखि मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले गर्यो खानबस्नको व्यबस्था, पीडितहरुले भने – यहाँ अरु कुनै संघसंस्थाले सहयोग गरेन
दुबई - मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले युएइको विभिन्न क्षत्रहरूमा अलपत्र परेका सात युवाहरुलाई खनबस्नको व्यबस्था गरेको छ । फरक फरक मेनपावरबाट यहाको एक कन्स्ट्रक्सन कम्पनीले युवाहरुलाई तलब नदिने अभद्र व्यवहार गरेपछि उनीहरू कंपनी छोड्न बाध्य भएका थिए । विभिन्न सामाजिक सञ्जाल मार्फत मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले सहयोग गरि नेपाल पठाएको उनीहरुले देखेकोले दुई महिना पहिले संपर्क गरी उद्धार गरिदिन अनुरोध गरेको उनीहरुले बताए । बझाङका रोहित खड्का अलजारा मेनपावरबाट यहाको एक कन्स्ट्रक्सनमा १० घण्टा काम १००० प्लस तलब भनेर आएका र काम गर्दै जाँदा तलब भनेको जति हुन्छ भन्दा भन्दै ६/७ महिना बितिसक्दा पनि नदिएको उल्टै धम्की दिने…