आज मितिः २०८३ असार ५ गते

समाचार

आज केही जिल्लामा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

आज केही जिल्लामा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

काठमाडौं- चितवनसहित गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि पश्चिमबाट मौसम सुधार हुनेछ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  
Read More
विभिन्न क्षेत्रमा आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

विभिन्न क्षेत्रमा आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौं -   गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ आगलागीबाट १४६ पशुचौपाय मरेका छन् घटनापछि ३८ परिवार विस्थापित भएका छन् आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन…
Read More
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ-   जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली…
Read More
पद्मकन्याको स्ववियुमा नेविसंघकी भुपी ऐरको प्यानल निर्वाचित

पद्मकन्याको स्ववियुमा नेविसंघकी भुपी ऐरको प्यानल निर्वाचित

काठमाडौं-   देशैभर चलि रहेको स्ववियु निर्वाचनमा पद्मकन्या क्याम्पस नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । उनले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी मानिन्छ ।
Read More
मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव ११ महिनापछि नेपाल आइपुग्यो

मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव ११ महिनापछि नेपाल आइपुग्यो

काठमाण्डौ - पाकिस्तानीद्वारा मलेसियामा हत्या गरिएकी कावासोतीकी तिलमाया सार्कीको शव ११ महिनापछि सोमबार नेपाल ल्याइएको छ । सुरक्षित आप्रवासन केन्द्र ९सामी परियोजना०की परामर्शदाता रञ्जना लम्सालका अनुसार दिउँसो तिलमायाको शव काठमाडौँ ल्याइएको हो ।   २१ महिनाअघि तिलमाया श्रीमान सम्बन्धविच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भएको थियो ।   आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरुको प्रयासलाई बल पुग्ने गरी समाचार छापिएपछि शव नेपाल ल्याउन सम्भव भएको लम्सालले बताइन् । उनको शव कावासोती ल्याएर मङ्गलबार अन्त्येष्टि गरिनेछ ।   हत्यालगत्तै तत्काल सम्पूर्ण…
Read More
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरामा सांसदहरूले असहमति जनाए

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुरामा सांसदहरूले असहमति जनाए

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन्। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राखे। उनले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको बताए। उनले भने, ुपूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय पत्रपत्रिकामा आएको छ। देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ।ु सांसद यादवले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष, संविधान सभाका पूर्वअध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षहरुलाई आजीवन भत्ता, घर भाडा, सवारीसाधन, सचिवालयका लागि कर्मचारी र सहयोगी…
Read More
आज तराईका जिल्लाहरूमा होली मनाइँदै, सार्वजनिक बिदा

आज तराईका जिल्लाहरूमा होली मनाइँदै, सार्वजनिक बिदा

  काठमाडौं - रंगहरूको पर्व होली हिजो पहाडमा मनाइयो भने आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।   पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।     होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो ।     स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।     तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन…
Read More
कालिकामा आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगरप्रमुख रेग्मी

कालिकामा आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगरप्रमुख रेग्मी

रत्ननगर -   चितवनको कालिका नगरपालिका वडा नंं.१० र ११ मा रहेका दुई विद्यालयले बिहीबार स्थापनको लामो समयपछि अभिभावक दिवस मनाएका छन् ।   कालिका नगरपालिका ११ मा रहेको आधारभूत विद्यालय कल्याणचौरले ४७ औँ र १० मा रहेको आधारभूत विधालय देउजरले ४५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएका हुन् ।   कालिका नगरपालिकाभित्रका पहाडी क्षेत्रमा विद्यालयहरु स्थापना भएदेखि वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने प्रचलन नरहेको पाइएपछि नगरप्रमुख विनोद रेग्मीले सबै विद्यालयलाई वार्षिकोत्सव गर्न निर्देशन दिएका थिए ।   वार्षिकोत्सव एवम् अभिभावक दिवसको माध्यमबाट विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु एकैठाउँमा जम्मा भई विद्यालय र विद्यार्थीको शैक्षिक क्रियाकलापको अनुगमन र मूल्याङ्कन गर्न…
Read More
सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ – सोविता गौतम

सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ – सोविता गौतम

रास्वपाकी सभासद सोविता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् ।  सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत रहेको पनि उनले बताइन् ।   सभासद गौतमले यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको बताइन् । सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो उनले थपिन । सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण…
Read More
सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा प्रशासन कार्यालयको आग्रह

सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा प्रशासन कार्यालयको आग्रह

काठमाडौं -   उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा आग्रह र अनुरोध गरेका छन्। प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो। सूचनामा ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली,ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराइएको छ। फागुमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले जनाएको छ। कसैको इच्छाविपरीत रङ एवं पानीको लोला…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.