आज मितिः २०८३ बैशाख ६ गते

अबको एक हप्ता भित्र देशभर मनसुन सक्रिय हुने

२९ जेठ, चितवन

जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।

यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्,

केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् । यसवर्ष १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो । हामीले बुधबार बिहीबारबाट पानी गर्ने गतिविधि हुन्छ भनेर भनेका थियौं,’ कँडेलले भनिन्, ‘सोही अनुसार देशव्यापी रुपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएका छन् । आगामी दिनमा पनि वर्षाका गतिविधि वृद्धि हुँदै जाने क्रम देखिन्छ ।’

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.