आज मितिः २०८२ असार २५ गते

करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

काठमाण्डौ –

दुबईमा ६ महिना बसे एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए नेपालीहरु ।

अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट वा निष्कासन भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।

 

हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको थियो। विमानसँगै फिर्ता भएको थियो अमेरिका पुगेका ३७ जनाको खुसी, सपना र सुन्दर भविष्यको परिकल्पना।

 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पछिल्लो पाँच महिनामा मात्रै विभिन्न तवरले अमेरिका पुगेका १ सय ६३ जनालाई अमेरिकी सरकारले फिर्ता गरेको छ। जसमध्ये आइतबार आएका ३७ जना सबैभन्दा ठूलो संख्या हो।

 

३७ जनामध्ये ५ जना महिला र ३२ जना पुरुष रहेका छन्। यीमध्ये एकजना काठमाडौंका व्यक्ति डीभी परेर अमेरिका पुगेका थिए। अर्का व्यक्ति भने विद्यार्थी भिसामा अमेरिका गएका थिए। डीभी परेर अमेरिका गएका कारण कानुनी झमेलामा परेको बेलामै अमेरिकी सरकारले डीपोर्ट गर्ने निर्णय गरेको थियो। अन्य ३५ जना भने तल्लो बाटो हुँदै जंगलैजंगल हिँडेर ३ देखि ६ महिना लगाएर अमेरिका पुगेका थिए। अवैध बाटो हुँदै अमेरिका छिर्दै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अमेरिकी अदालतले नै नेपाल फर्काउने निर्णय गरेको थियो।

 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर भन्छन्, अवैध बाटो हुँदै अमेरिका पुगेका सबै जना नै मानव तस्करको प्रलोभनमा परेर गएका हुन्। तर जुन अवस्थामा नेपाल फर्काइए पनि उनीहरू आफूलाई लैजाने गिरोहको विषयमा बोल्न र उजुरी गर्नसमेत चाहदैनन्। आइतबार फर्किनेमध्येमा अधिकांश व्यक्तिले ५० लाखभन्दा बढी रकम बुझाएर अमेरिका पुगेको बताएका थिए। एक जना युवाले १ करोड ४० लाख खर्च भएको बताएका छन्। ३७ जनामध्ये ५० लाखदेखि डेढ करोडसम्म खर्च गरेर अमेरिका पुगेको प्रहरी अनुमान छ। अध्यागमन विभागले नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो। आफन्तको रोहवरमा प्रहरीले उनीहरूलाई छाडेको छ।

 

प्रलोभनमा डंकी रोड हुँदै अमेरिका पुर्‍याउने गिरोह र तस्करको खोजीमा प्रहरी रहेको बताउँदै, उनीहरूबाट प्रलोभनमा पारिएको भए प्रहरीलाई सूचना दिन प्रवक्ता कुँवरले आग्रह गरे।

 

अमेरिकामा अवैधरूपमा बसिरहेका आप्रवासी र अवैध प्रवेश गर्न खोज्ने व्यक्तिहरूविरुद्ध अमेरिकी सरकारले कडाइ गरेको छ। गत जनवरीमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए पछाडि आप्रवासीहरू माथि निगरानी, धरपकड र कडाइ अझ बढाइएको छ। मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध सोमबारबाट लागू भएको छ। ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए। जसमा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णतया प्रतिबन्ध लगाइएको छ। ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका लागि हो ।

गीरोहहरु दुबईमा आरामसँग घुमिरहेका हुन्छन् । दिनभर सुत्छन् रातभर जुवातास र क्लबमा रमाउँछन् । अहिले त अमेरिका जाने सपना तुहिए पछि दुबईबाट फर्केका छन् र उनीहरुलाई अमेरिका उडाउने गिरोह मोटाएका छन् । संपर्क बिहान भएर उतै रमाई रहेकाछन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.