शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन
चितवन - शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति बुधबार रत्ननगरमा गठन गरिएको छ । निकट भविष्यमा अधिवेशन गर्ने गरी सम्पूर्ण सदस्यहरुको भेलाले सञ्जु जिसीको अध्यक्षतामा शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन गरिएको हो । शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाको प्रमुख आतिथ्यता, टमिस अम्गाईंको विशिष्ट आतिथ्यता रहेको भेलाले सञ्जु जिसीको संयोजकत्वमा चितवन जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सज्जन कायस्थ, सुवास गोले, विशाल लामा, सागर घिमिरे, सुजन बगाले, सुजन दंगाल, मेघनाथ न्योपाने, कदम श्रेष्ठ, सम्राटजंग केसी, सुमन सिलवाल, सागन रुपाखेती र सुरज घिमिरे चयन भएका छन् । भेलाले निकट भविष्यमा…