आज मितिः २०८३ बैशाख ११ गते

शुक्रबारबाट देशभर यस वर्षको मनसुन फैलियो

काठमाडौं-

 

यस वर्षको मनसुन शुक्रबारबाट देशभर फैलिएको छ। गत जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्म पुगेको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। तर यस वर्ष १५ दिनअघि नै मनसुन नेपाल भित्रिएको थियो।

विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ।

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढीपहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु भइरहेका छन्। यस वर्षको मनसुनमा २० लाखभन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.