त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी निर्वाचित
काठमाडौं- त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ। नेपाल विद्यार्थी संघका दीपकराज जोशी सभापति निर्वाचित भएका हुन्। उनले ७८९ मत प्राप्त गरेका छन्। ६ हजार १४६ मतदाता रहेको त्रिविमा तीन हजार ११८ मत खसेको थियो। जसमध्ये ७८९ मतसहित नेविसंघका जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन्। अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरे। अर्की स्वतन्त्र उम्मेदवार पदमा भुषालले १६६ मत ल्याइन्। स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। अनेरास्ववियुले सचिव कोषाध्यक्षसहित सबै सदस्य…