आज मितिः २०८३ भाद्र २९ गते

समाचार

मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने

मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने

काठमाडौं- विपद् र चाडपर्वको मौका छोपेर मनलाग्दी मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले निर्देशन दिएकी छन्। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँगको छलफलमा मन्त्री यादवले ठूला गोदाममा समेत पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन्। मन्त्रालयले पहिलोपटक १६ वटा टोली गठन गर्दै दैनिक बजार अनुगमन गरी प्रतिवेदन बुझाउनेछन्। दोषी जोसुकै भए पनि कुनै दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन मन्त्री यादवले निर्देशन दिएकी छन्। विभागले ती टोलीमार्फत बजार मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थाबारे निरन्तर निगरानी गर्ने जनाएको छ।
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार…
Read More
इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

एजेन्सी- इरानको इस्लामिक रिभोलुसनरी गार्डले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित गरिएको हो । आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ । यसअघि अमेरिकी अधिकारीहरुले लाराक द्वीपमा इरानी रिभोलुसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए । ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दाबी थियो । लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको…
Read More
रसुवा बाढी: हालसम्म ७ सय ९४ जनाको शव फेला

रसुवा बाढी: हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७:४५ बजे सम्म ७ सय ९४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९७ जना र नवलपरासी पश्‍चिम १ सय २० जना गरी ७ सय ९४ जनाको शव फेला परेको हो । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको…
Read More
बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज साँझ ५ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। जसमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं-०३ भट्टेडाँडा पाण्डुरमा आज दिउँसो १४ः४० बजे पहिरो खसेका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।विपि राजमार्गमा सम्भावित बाढीका कारण राती १६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ०४ः०० बजेदेखि साँझ १६ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन…
Read More
बाढी प्रभावित पालिकालाई सरकारले ग¥यो पौने सात करोड निकासा

बाढी प्रभावित पालिकालाई सरकारले ग¥यो पौने सात करोड निकासा

काठमाण्डौ- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ वटा पालिकाका लागि यति रुपैयाँ निकासा गरेको हो । यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार यो रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसैअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ…
Read More
मलेसियामा आजदेखि एसिसी प्रिमियर कप शुरु हुँदै

मलेसियामा आजदेखि एसिसी प्रिमियर कप शुरु हुँदै

काठमाण्डौ - आजदेखि मलेसियामा तेस्रो संस्करणको एसिसी प्रिमियर कप शुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा रहेको छ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते…
Read More
धादिङ कृष्णभीरमा सडक भासिएपछि सडक अवरुद्ध

धादिङ कृष्णभीरमा सडक भासिएपछि सडक अवरुद्ध

काठमाडौं- धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातार वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका हुन्। सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ। सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ।
Read More
पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न सुरु

पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न सुरु

चितवन- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो। जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्न लागिएको छ। शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ।
Read More
यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गायिका भूमिका शाहले आर्थिक सहयोग गर्नु भएको छ। हाल यूकेमा रहनु भएकी गायिका भूमिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले थोरै रकम राखिएको जानकारी दिनु भयो । यस विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन आफूले गर्दै आएको कार्यक्रम स्थगित गरेको र यूकेमा रहनु भएका समाजसेवि तथा व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ । सामाजिक क्षेत्रमा गीत गाउँदै आफूले पनि तीज गीत निकालेको तर देशको अवस्थाले प्रचार प्रसार नगर्ने र सहयोगको लागि खटिने वहाले बताउनु भयो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.