आज मितिः २०८३ कार्तिक १३ गते

समाचार

भारतमा कक्रोचको आह्वानमा प्रदर्शन हुँदै

भारतमा कक्रोचको आह्वानमा प्रदर्शन हुँदै

भारतमा आज ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै बृहत् प्रदर्शन हुँदैछ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च पासको आह्वान गरेको हो । भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो । आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी…
Read More
गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डौ - धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग शुक्रबार बेलुकीदेखि अवरुद्ध भएको छ । सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भैरहेको धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका छन् । दशैँको टिकट बुकिङ खुलेकै दिन काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो । पृथ्वी राजमार्ग भएर दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । दशैँका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ । यसअघि भदौ १४ मा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीरखण्ड भासिएको थियो । भासिएको…
Read More
काठमाडौ गोङगबु बसपार्कमा यात्रुको भीड

काठमाडौ गोङगबु बसपार्कमा यात्रुको भीड

काठमाडौ- दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको भीड लागेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिन थालेपछि नयाँ बसपार्कमा चहलपहल बढेको हो। पर्वका बेला घर जाने यात्रुको चाप बढ्ने भएकाले अन्तिम समयमा टिकट नपाइने समस्या हुन सक्ने भन्दै यात्रुहरू अग्रिम टिकट लिन थालेका हुन्। काठमाडौँबाट पूर्वी तथा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई पनि यात्रु व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। अग्रिम टिकट बुकिङले यात्रुलाई आफ्नो यात्राको मिति र समय निश्चित गर्न सहयोग पुग्नेछ। यद्यपि, यात्रुको चापअनुसार…
Read More
सुनचाँदीको मूल्यमा उकालो

सुनचाँदीको मूल्यमा उकालो

काठमाडौं- चाडपर्ब लागेसंगै स्थानीय बजारमा सुनको मूल्य ८०० र चाँदीको मूल्य १० रुपियाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।
Read More
लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाण्डौं- लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत विश्वका २६ वटा वृत्तचित्रका प्रदर्शनी गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्वसमा अन्तर्राष्ट्रियस्तरका फिचर तथा लघुचलचित्र प्रदर्शन गरिने कथा मण्डलाका कार्यकारी निर्देशक पाण्डव केसीले बताउनुभयो । लुम्बिनी प्रदेशभित्रको भाषा, कला, संस्कृतिलगायत प्राकृतिक तथा सांस्कृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सिनेमाको माध्यमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो । तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा कार्यक्रम हुने छ । महोत्सवले मौलिक संस्कृति, ऐतिहासिक सम्पदा, स्थानीय खानपान, वेशभूषा र पर्यटकीय स्थलहरूमा आगामी दिनमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने…
Read More
कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने

कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने

काठमाडौं- नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै नोभेम्बर ५ तारिख वा कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने छन् । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट एफडब्लुसिएमएस सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको हो। बेस्टिनेटले असोज २० गते जारी गरेको मेमो अनुसार नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका भिडिआर प्रक्रियाका लागि विभिन्न कटअफ मिति तोकिएको छ । मलेसिया सरकारसँग आबद्ध वैदेशिक श्रमिकको प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएनविएचडीले नेपालका लागि विद्यमान…
Read More
चाडपर्वमा गाडीभाडा तोकिएकोभन्दा बढी लिनेलाई कारबाही

चाडपर्वमा गाडीभाडा तोकिएकोभन्दा बढी लिनेलाई कारबाही

काठमाण्डौ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी गाडी भाडा लिनेलाई कारबाही गरिने बताएको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने गाडीलार्ई कारबाही हुनेछ । यस वर्षको दशैँका लागि भोलि शुक्रबारदेखि यात्रुबाहक गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग…
Read More
नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो

नेपाली क्रिकेट टोलीले ओमान ‘ए’ लाई २ विकेटले हरायो

काठमाण्डौ - आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । नेपालले यो लक्ष्य ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रन बनाए । आसिफ शेखले ३७, देव खनालले ३४, गुल्शनकुमार झाले ३० तथा दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ‘ए’ले ३९ ओभर ५ बलमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो । ओमान ‘ए’का कप्तान हम्माद…
Read More
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ मौज्दाद

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ मौज्दाद

काठमाण्डौ - भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ मौज्दाद रहेको छ । साथै आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ मौज्दाद पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।
Read More
इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी

इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी

काठमाडौं- इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटना सार्वजनिक भएको छ ।सार्वजनिक भए लगत्तै पीडितलाई जाहेरी दिन नेपाल प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै घटनामा पीडित भएका व्यक्तिहरूलाई यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो। ब्युरोका अनुसार इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सन् २०२४ मा सञ्चालित परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने भन्दै ठगी गरिएको थियो।पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्जी कागजात देखाएर रकम असुलिएको सूचनामा उल्लेख छ। पीडितहरूले दिएको जाहेरीअनुसार योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.