आज मितिः २०८३ आश्विन १ गते

समाचार

एनआरएनए उपाध्यक्ष जुनु गुरुङ आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजक

एनआरएनए उपाध्यक्ष जुनु गुरुङ आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजक

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसि) को उपाध्यक्ष रहनु भएकी जुनु गुरुङले आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पाउनु भएको छ। आईसिसिको बैठकले उपाध्यक्ष समेत रहनु भएकी जुनु गुरुङलाई आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी दिएको हो । आफूले जिम्मेवारी पाए लगतै गुरङले अत्यन्त गर्वान्वित तथा जिम्मेवारीप्रति सचेत बनेको बताउनु भयो। उहाँका अनुसार विश्वभर फैलिएका लाखौँ नेपाली श्रमिकहरूको जीवन मानसिक रूपमा चुनौतीपूर्ण बन्दै गएको छ। प्रवासमा रहेका धेरै नेपालीहरू मानसिक तनाव, डिप्रेसन, एन्जाइटी, कार्यदबाब तथा सामाजिक समस्याबाट प्रभावित भइरहेका छन्। कामको चाप, पारिवारिक दूरी र कहिलेकाहीँ भोग्नुपरेका अपमानजनक व्यवहारका कारण उनीहरू मानसिक रूपमा कमजोर अवस्थामा…
Read More
क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रत्ननगर चितवनका एकसहीत चार जना पक्राउ

क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रत्ननगर चितवनका एकसहीत चार जना पक्राउ

काठमाण्डौं- क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चितवन रत्ननगरका एकसहीत चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन रत्ननगर–२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर–८ का २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुर–८ घर भई काठमाडौं बस्ने ३२ वर्षीय रविन जि।आर। तथा ललितपुर महालक्ष्मी–४ का ३७ वर्षीय अनित्य शाक्य रहेका छन् । प्रहरीका अनुसार उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत हुण्डी तथा क्रिप्टोकरेन्सी प्रयोग गरी अवैध वित्तीय कारोबार गर्दै आएका थिए । उनीहरूलाई नगद ३० लाख रुपैयाँसहित…
Read More
काभ्रेको रोशी खोलामा गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गर्ने

काभ्रेको रोशी खोलामा गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गर्ने

काठमाडौं- काभ्रेको रोशी खोलामा गृहमन्त्री सुधन गुरुङ स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका हुन् ।   हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविकस्थिति अध्ययन गर्ने छन् ।   बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ ।    
Read More
बढ्दो छ कुष्ठरोगको संक्रमण, चितवनमा १८ जनामा

बढ्दो छ कुष्ठरोगको संक्रमण, चितवनमा १८ जनामा

चितवन- चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ। अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो। यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो। यसमध्ये १० जना पुरुष र आठ जना महिला छन्। गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो। यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए। क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपेर नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा…
Read More
चितवन सेवा समाजले गर्यो नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन सम्पन्न

चितवन सेवा समाजले गर्यो नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन सम्पन्न

चितवन- चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले नया वर्ष २०८३ को शुभ कामना आदान-प्रदान तथा भित्ते पात्रो विमोचन सम्पन्न गरेको छ ।   सस्थाका अध्यक्ष लाल बहादुर भट्टको अध्यक्षतामा विभिन्न देशका शाखाबाट आउनु भएका तथा नेपालमा रहनु भएका आजीवन सदस्यहरूको बीच चितवनमा विमोचन सम्पन्न भएको हो ।   भित्ते पात्रो प्रकाशन समितिका संयोजक कार्य समितिका सचिव अर्जुन अधिकारीले स्वागत मन्तव्य राखदै सस्थाले प्रकाशन गरेको नया साल २०८३ को भित्ते पात्रोमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।   सस्थाका निर्वतमान अध्यक्ष तथा संरक्षक दीपक गौतमको प्रमुख आतिथ्य रहको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी,सल्लाहकार…
Read More
डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं- नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।    
Read More
अमलाचौर चितवन-नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

अमलाचौर चितवन-नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन- अमलाचौर बाग्लुङबाट चितवन र नवलपुर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीच सम्पर्क, सहयोग र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले स्थापित अमलाचौर चितवन(नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन भरतपुरको होटल सुभम एन्ड हस्पिटालिटी चैबिसकोठीमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष लक्ष्मी कान्त आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नं। १० का कार्यवाहक अध्यक्ष रेशम राज थापा ९ऋषि० रहनुभयो। विशिष्ठ अतिथिका रूपमा बाग्लुङ चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष प्रकाश कंडेल उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरू — छिस्ति चितवन(नवलपुर सम्पर्क समाजका अध्यक्ष भविश्वर पौडेल, बरेङ चितवन(नवलपुर सम्पर्क समाजका टंक प्रसाद आचार्य, पैयुपाटा चितवन(नवलपुर सम्पर्क समाजका…
Read More
बिचौलिया भट्टसँगको ‘कनेक्सन’ पछि व्यवसायीहरु पक्राउ पर्दै

बिचौलिया भट्टसँगको ‘कनेक्सन’ पछि व्यवसायीहरु पक्राउ पर्दै

काठमाण्डौ - बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत अनियमिततामा जोडिँदै आएको शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेसँगै शंकर अग्रवाल पक्राउ परेका छन् ।   शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो ।     विभागले उनलाई शुक्रबार कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो । बयान नसकिएका कारण उनलाई ललितपुर प्रहरी हिरासतमा पठाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले भने विस्तृत विवरण आइनसकेको बताए । ‘विभागले हामीलाई थुनामा राख्न पठाएको हो । अनुसन्धानको विषयमा विस्तृत जानकारी हामीसँग छैन,’ उनले भने ।   विभागले शंकर ग्रुपसँग निकट रहेका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो । उनी विभिन्न कम्पनीका रकम…
Read More
विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। काठमाडौँ –२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो। यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ। प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ।  
Read More
आजबाट सुरू एसइईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी 

आजबाट सुरू एसइईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी 

काठमाडौं- आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ।     राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८स्०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ।   यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.