भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी दीगो समाधान हुनेछ- प्रधानमन्त्री बालेन
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिएका छन्। आज सामाजिक सञ्जालमा उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र सङ्कलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्ने लेखेका छन् । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेकाप्रति सरकारको ध्यानाकर्षण भएको उनले जनाएका छन्। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित…