आज मितिः २०८३ बैशाख १८ गते

चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। तदर्थ समिति अध्यक्ष टिकाराम शर्मा लामिछानेको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा बागमती इन्चार्ज नविन पौडेल, रत्ननगर नगरपालिका–९ का वडाध्यक्ष अनन्त अधिकारी, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी, बागमती प्रदेश महिला उपाध्यक्ष पुनम बस्याल, सल्लाहकार गोविन्द सापकोटा, पुष्पाञ्जली भजन समूहका उपाध्यक्ष मिनराज बास्तोला तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा तदर्थ समिति उपाध्यक्ष वेद प्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि प्रजापति पराजुलीले भजन गाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

अधिवेशनमा प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल, वडाध्यक्ष अनन्त अधिकारी, बागमती इन्चार्ज नविन पौडेल तथा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले मन्तव्य व्यक्त गर्दै लोक भजन–चुड्का संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा टिकाराम शर्मा लामिछाने, उपाध्यक्षमा उद्धव अर्याल, महिला उपाध्यक्षमा रश्मि काप्री, सचिवमा रामु आचार्य, कोषाध्यक्षमा हिमाल खनाल, सह–सचिवमा लक्ष्मी रेग्मी र सह–कोषाध्यक्षमा रुपा पौडेल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा रुपा पौडेल बी, सीता पाण्डे, विष्णु पन्थी, सीता कंडेल, विनु सुवेदी, मिनराज बास्तोला, विन्दु अर्याल, प्रकाशमणि सापकोटा, राजेन्द्र हमाल र कृष्ण अधिकारी चयन हुनुभएको छ भने अन्य सदस्यहरू मनोनयन गर्न बाँकी रहेको जनाइएको छ।

अधिवेशनले सोम प्रसाद सापकोटा, वेद प्रसाद आचार्य, कमल पौडेल र गोविन्द सापकोटालाई सल्लाहकार समितिमा चयन गरेको छ।

नवगठित कार्यसमितिले लोक भजन तथा चुड्का संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.