आज मितिः २०८३ बैशाख १६ गते

हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डौं-

हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले भने। साथै यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ।

file picture

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.