आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

सुनचाँदीको मूल्य चार हजार ५०० ले घट्यो

सुनचाँदीको मूल्य चार हजार ५०० ले घट्यो

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले घटेको छ । त्यस्तै चाँदी २५ ले घटेको छ । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ निर्धारण भएको छ । सोमबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ मा खरिद बिक्री भएको थियो ।  
Read More
विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्स र नर्वे पुगे

विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्स र नर्वे पुगे

काठमाण्डौ- फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे । खेलमा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि…
Read More
पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा 

पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा 

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।   देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी…
Read More
काठमाण्डौमा खुल्यो नयाँ पहिचान सहित  अन्तर्राष्ट्रिय ट्रेड भिजन कार्गो एण्ड कुरियर सर्भिस

काठमाण्डौमा खुल्यो नयाँ पहिचान सहित  अन्तर्राष्ट्रिय ट्रेड भिजन कार्गो एण्ड कुरियर सर्भिस

काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रालि सञ्चालनमा आएको छ । प्रालिको काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक विशेष समारोह सहित कार्यालय सुरु भएको हो । कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो। कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।…
Read More
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर-   कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा निर्विरोध निर्वाचित

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्। पुरुषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठ वाग्लेको प्रस्तावक बसेका छन्। पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
Read More
रास्वपा प्रथम महाधिवेशनको मतदान सुरु

रास्वपा प्रथम महाधिवेशनको मतदान सुरु

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको मतदान सुरु भएको छ। गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी  चयनका लागि मतदान थालिएको थियो। आज दिउँसो १२:०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका छन । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ। एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन्। सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो। प्रमुख केसीका अनुसार…
Read More
मलेसिया र बेलारुस पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

मलेसिया र बेलारुस पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् ।   पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा…
Read More
कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाण्डौ - कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय १२ जना र एक जना पाकिस्तानीले ज्यान गुमाएका बीबीसीले जनाएको छ । ६६ जना घाइते भएका छन् । त्यस क्षेत्रमा आइतबार राति विष्फोट हुँदा आगलागी भएको थियो । रासलफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घानालगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन् । केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण खुल्न सकेको छैन । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनुभएको छ । दुर्घटनाको कारण…
Read More
माछा मार्ने क्रममा एक जनाको मृत्युु

माछा मार्ने क्रममा एक जनाको मृत्युु

काठमाण्डौ - करेण्ट लागेर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ। पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए। घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो। सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.