आज मितिः २०८३ असार १८ गते

विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्स र नर्वे पुगे

काठमाण्डौ-

फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।

फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे ।

खेलमा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरे । एमबाप्पेले ४५औँ र ७४औँ मिनेटमा तथा ब्राडली बार्कोलाले खेलको ५३औँ मिनेटमा गोल गरे ।

यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । विश्वकपमा कुल १८ गोलसहित उनी मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन् ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.