आज मितिः २०८३ कार्तिक २८ गते

छ विकेटसंगै एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिक

काठमाडौँ-


विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए । सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । । योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् । एनपिएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन् । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ ।

गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित भएका थिए । उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.