आज मितिः २०८३ असार १२ गते

रास्वपा प्रथम महाधिवेशनको मतदान सुरु

चितवन-

राष्ट्रिय स्वतन्त्र पार्टीको मतदान सुरु भएको छ। गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी  चयनका लागि मतदान थालिएको थियो। आज दिउँसो १२:०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रमुख भुवन केसीका अनुसार हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका छन । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ। एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन्। सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो।

प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ।

मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ। पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने छ। मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ। दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्नेछन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.