आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

विद्युत् कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु,

विद्युत् कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु,

काठमाण्डौं- धरानस्थित विद्युत् प्राधिकरण कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो भने एक जना घाइते हुनुभएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते हुनुभएको थियो। दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२स्४५ बजे चिकित्सकले मृत…
Read More
आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ। पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जोखिम रहेको छ।   विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताए।   आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको…
Read More
खाडीको यूएईदेखि युरोप पठाइदिने भन्दै लाखौं रुपैंया ठगी गर्ने पाँच जना पक्राउ

खाडीको यूएईदेखि युरोप पठाइदिने भन्दै लाखौं रुपैंया ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ - आकर्षक तलबको प्रलोभन देखाएर खाडी र युरोप पठाइदिने भन्दै १९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।     नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षिय कुनसाङ लामा, बर्दियाका ४२ वर्षिय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षिया सचिता परियार र खोटाङका ४१ वर्षिय निरोज राई रहेका छन्।   पक्राउ पर्नेमा कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक लाख ५० हजार रुपैयाँ तथा निरोजले…
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-   जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन वायुको प्रभाव कायम रहँदादुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी बर्षा हुने बताएको छ। आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले आइतबार र…
Read More
स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार

स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार

काठमाडौं-   सरकारले अनलाइन स्क्यामिङमा परेका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट ८३६ जना नेपालीको उद्धार गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यानरमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको जानकारी दिए। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा ६०२ जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो। आर्थिक कुटनीतिलाई सघन रुपमा सञ्चालन गर्न आर्थिक वर्ष २०८१र०८२ मा भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र युएइ…
Read More
अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु

अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौं- गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र दुई वटा अग्नि नियन्त्रक यन्त्र ‘लोड’ भएको सवारीसाधनको सिलिन्डर विष्फोट भएको थियो ।
Read More
अब कन्सल्टेन्सी सञ्चालनमा २५ लाख धरौटी सहित ‘डिजिटल’ कारोबार गर्नु पर्ने

अब कन्सल्टेन्सी सञ्चालनमा २५ लाख धरौटी सहित ‘डिजिटल’ कारोबार गर्नु पर्ने

काठमाण्डौं- सरकारले अब कन्सल्टेन्सी सञ्चालनमा २५ लाख धरौटी सहित ‘डिजिटल’ कारोबार गर्नु पर्ने नियम बनाएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले कन्सल्टेन्सी सञ्चालनमा नियमन गर्न ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्धारा स्वीकृत नियमावलीले अनुमतिपत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो । नियमावलीअनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न २५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । साथै, अनुमति पत्रका लागि ५० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । अब मन्त्रालयबाट अनुमतिपत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन…
Read More
मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार

मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार

काठमाण्डौं- बुधबार राति मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार भएको छ। लालबन्दी नगरपालिकास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा अज्ञात व्यक्तिले मोबाइल पसल सञ्चालकमाथि लुटपाट गर्ने प्रयास गरेका हुन्। लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने स्थानीय हरिप्रसाद सापकोटामाथि बुधबार राति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो। बजारमा रहेको पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्कंदै गर्दा मोटरसाइकलमै आएका अपरिचित व्यक्तिले सापकोटामाथि लुटपाटको प्रयास गरेका थिए। लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी गौतमले बताउनुभयो। घटनास्थलबाट पड्किसकेको…
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्कार मध्यम वर्षा भइरहेको छ।   बिहीबार दिउँसो देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  
Read More
नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

काठमाडौं- टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्।   आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको हो ।   दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा पनि पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र बनेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन्।   थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.