आज मितिः २०८३ असार २५ गते

मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार

काठमाण्डौं-

बुधबार राति मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार भएको छ। लालबन्दी नगरपालिकास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा अज्ञात व्यक्तिले मोबाइल पसल सञ्चालकमाथि लुटपाट गर्ने प्रयास गरेका हुन्।

लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने स्थानीय हरिप्रसाद सापकोटामाथि बुधबार राति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

बजारमा रहेको पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्कंदै गर्दा मोटरसाइकलमै आएका अपरिचित व्यक्तिले सापकोटामाथि लुटपाटको प्रयास गरेका थिए। लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी गौतमले बताउनुभयो।

घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको प्रहरीले जनाएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.