काठमाण्डौं-
धरानस्थित विद्युत् प्राधिकरण कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो भने एक जना घाइते हुनुभएको छ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते हुनुभएको थियो। दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२स्४५ बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताए।
दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ।