आज मितिः २०८३ भाद्र २९ गते

समाचार

चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव सुरु

चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव सुरु

चितवन- पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । स्थानीय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा सुरु महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो । आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ को रुपमा मनाउने चलन रहेको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको…
Read More
काठमाडौं महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने

काठमाडौं महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने

काठमाडौं- काठमाडौं महानगरले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने भएको छ । महानगरले माघको २ गतेबाट तालिम सुरु गर्ने जनाएको छ ।   महानगरले सञ्चालन गर्ने सीपमुलक कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिंदैछौं । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं,’ उनले भनिन् । १५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ । महानगरले दिने…
Read More
मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

  चितवन - मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो । नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो । शुरुवातदेखि हालसम्म २…
Read More
रत्ननगर नगरपालिका वडा ११, १२ र १५ को लापार्वाही

रत्ननगर नगरपालिका वडा ११, १२ र १५ को लापार्वाही

रत्ननगर- रत्ननगर नगरपालिकाका वडा ११, १२ र १५ ले राजस्वमा लापार्वाही गरेको स्थानीयहरुले गुनासो गरेका छन् । वडालाई नगरपालिकाले सोहि दिन वा भोलीपल्ट राजस्व संकलन गराउन पटक पटक पत्राचार गरे पनि दाखीला नगरेको जनाएको छ । नगरपालिकाले पौष २४ गते आन्तरिक राजस्व रकम जम्मा गर्न ३ वटै वडाका सचिवहरुलाई पत्राचार गरेको थियो । नगरपालिकाले समयमा नै विवरण उपलब्ध नभएकोमा गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । वडा नम्बर १५ मा ४ वटा भजन समूह रहेको तर एउटा समूहलाई मात्र ज्याकेट वितरण गरेकोमा नगरपालिका देखि वडासम्मको विरोध स्थानीयले जनाएका थिए । वडा १५ ले जनताबाट उठाएको कर नगरपालिकामा नबुझाएको र…
Read More
आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं- आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ। साथै पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए। विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज…
Read More
रेवान सौराहाको अध्यक्षमा गिरी, महासचिवमा नेपाल चयन

रेवान सौराहाको अध्यक्षमा गिरी, महासचिवमा नेपाल चयन

चितवन- रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहाको अध्यक्षमा ध्रुव गिरी र महासचिवमा नवीन नेपाल,चयन भएका छन् । १७औं बार्षिक साधारण सभा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जोशी, कोषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह कोषाध्क्ष अम्विका भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयोजकमा रोजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल…
Read More
बम्जनको घरबाट तीन करोड बढी नगद बरामद

बम्जनको घरबाट तीन करोड बढी नगद बरामद

काठमाडौं- तपस्वीु भनिने रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड बढी नेपाली रूपैयाँ बरामद गरेको छ। सीआईबीसहित प्रहरीको टोलीले बम्जन पक्राउपछि बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मार्दा उक्त रकम फेला पारेको हो। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि आनीहरूलाई बेपत्ता, यौन शोषण, बलात्कारको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको छ। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको बताइएको छ। ः  
Read More
बाक्लो हुस्सुले दुई मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

बाक्लो हुस्सुले दुई मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

काठमाण्डौं- बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो।
Read More
सर्लाहीको घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति

सर्लाहीको घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति

सर्लाही- सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएको छ। पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमति जनाएका छन्। मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय(सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ। आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी…
Read More
पाँच लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

पाँच लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी- सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा बिआर५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए। मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन्।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.