चितवन-
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहाको अध्यक्षमा ध्रुव गिरी र महासचिवमा नवीन नेपाल,चयन भएका छन् ।
१७औं बार्षिक साधारण सभा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जोशी, कोषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह कोषाध्क्ष अम्विका भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयोजकमा रोजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन भएका छन् । वागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमा महासचिव सुर्यबहादुर रिमालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजेश तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, वडा नं ७ का वडा सदस्य सुर्य बहादुर तामाङ, रेवानका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र खतिवडा, रेवान पोखराका महासचिव विकास भट्टराई, रेवान बन्दिपुरका अध्यक्ष जितेन्द्रलाल भूमी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
रेवानका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको साधारण सभाको बन्दसत्रले प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । नव निर्वाचित समितिले बुधवार नै पद तथा गोपनीयताको सपथग्रहण गरेको छ ।
कार्यक्रममा पत्रकारहरु राजेन्द्र आचार्य, विपिन शर्मा आचार्य सहित व्यवसायीहरु सुर्यबहादुर रिमाल, धर्मराज न्यौपाने, राजेश कुमार तामाङ तथा कर्मचारी गौतम गिरीलाई सम्मान गरिएको थियो ।
अध्यक्ष गिरीले आफ्नो कार्यकाल अवधिमा संस्थामा अझै राम्रा कामहरू गर्ने बताए।