आज मितिः २०८३ असार २ गते

बम्जनको घरबाट तीन करोड बढी नगद बरामद

काठमाडौं-

तपस्वीु भनिने रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड बढी नेपाली रूपैयाँ बरामद गरेको छ।

सीआईबीसहित प्रहरीको टोलीले बम्जन पक्राउपछि बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मार्दा उक्त रकम फेला पारेको हो। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।

उनीमाथि आनीहरूलाई बेपत्ता, यौन शोषण, बलात्कारको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको छ। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको बताइएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.