आज मितिः २०८३ असार २ गते

सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ, १ अर्ब २१ करोड हिनामिना

काठमाडौं-

गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्।

गोकर्णेश्वर नगरपालिका( ४ चौतारा बस्ने सहकारी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन्। सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल फरार छन्। पौडेल गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुन्।

सबैका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.