रवि भट्ट/ दुबई
रोजगारीको शिलशिलामा १५ बर्ष अघि दुबई आएकी समाजसेवी सर्मिला थपलीया डिसीलाई प्रवासी नेपाली एकता समाज युएईले विदाई गरेको छ । लामो अवधि पछि दुबईलाई बीट मार्दै नेपाल फर्किन लागेकि सर्मिलालाई सोमबार बर दुबईस्थित एक नेपाली रेष्टुरेण्टमा एकता समाजले कदर पत्रसहित विदाई गरेका हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना कालदेखि अनवरत रुपमा काम गर्दै आएकी उनले प्रवासमा रहेर पनि भातृ संगठन प्रवासी नेपाली एकता समाज युएइको केन्द्रीय महिला अध्यक्ष रहेर काम गर्दै आएकी थिईन् । यहाँ रहदा बस्दा उनले गरेको समाजसेवाको उच्च मूल्याङ्कन गर्दै उनलाई कदर गरिएको थियो ।
प्रवासी नेपाली एकता समाज युएइका अध्यक्ष निराजन खत्रीले उनले गरेको संगठन प्रतिको कामको लगाव तथा समाजसेवाको उच्च मूल्याङ्कन गर्दै कदर पत्रले सम्मान गरेका हुन् । अध्यक्ष खत्रीले उनको नेपाल बसाई सुखमय रहोस् भन्दै प्रवासी नेपाली एकता समाज युएइले सदैब साथ सहयोग गर्ने बताए ।

अध्यक्ष खत्रीले प्रवासी नेपाली एकता समाज युएइको संगठन विस्तारमा पु¥याएको सर्मिलाको योगदानलाई कदर गर्ने र कहिल्यै नभुल्ने बताउँदै सफल भविष्यको कामना व्यक्त गरे ।
१५ बर्ष पछि दुबईलाई बीट मार्दै नेपाल फर्के पनि प्रवासको संगठन र साथीहरुको मायाँलाई नभुल्ने सर्मिलाले बताईन् । उनले आँफू जहाँ र जता रहे पनि पार्टीको काममा सक्रिय रहेर काम गर्ने बताईन् ।