काठमाण्डौं-
बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो।