आज मितिः २०८३ बैशाख ८ गते

सन्दीप लामिछानेको पेसी आज

काठमाडौं-

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।

अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ। तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो।

लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१,२ र ३० ङ बमोजिम कसुर गरेको अदालतको ठहर छ। यो कसुरमा लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.